सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज (पुस २२ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये १५ लाख ५० हजार कित्ता साधारण शेयर […]

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज (पुस २२ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। सो शेयरमध्ये ४० प्रतिशत लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का बासिन्दालाई र बाँकी ६० प्रतिशत वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बाँडफाँट गरिनेछ।

यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत बराबरको १ लाख ५५ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो। सबै शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गतेसम्म आवेदन खुला रहनेछ।

क्रेडिट रेटिङतर्फ केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र अझै २७ वर्ष ५ महिना बाँकी रहेको छ। आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रहेको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले तोकिएका बैंक शाखामार्फत आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि–आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In