काठमाडौं: बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) र काठमाडौं फिनटेक प्रा.लि. (केएफ) ले नेपाली बैंकिङ क्षेत्रको डिजिटल रूपान्तरण, नेतृत्व विकास, तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले ऐतिहासिक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन्। सीबीफीनको सुन्धारा स्थित कार्यालयमा आयोजित कार्यक्रममा सीबीफीनका महानिर्देशक रोशन कोइराला र काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता पश्चात […]
काठमाडौं: बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) र काठमाडौं फिनटेक प्रा.लि. (केएफ) ले नेपाली बैंकिङ क्षेत्रको डिजिटल रूपान्तरण, नेतृत्व विकास, तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले ऐतिहासिक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन्।
सीबीफीनको सुन्धारा स्थित कार्यालयमा आयोजित कार्यक्रममा सीबीफीनका महानिर्देशक रोशन कोइराला र काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता पश्चात सीबीफीनका महानिर्देशक कोइरालाले भने, “काठमाडौं फिनटेकसँगको यो महत्वपूर्ण सहकार्य नेपाली बैंकिङ क्षेत्रलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्दै थप सुदृढ, सुरक्षित, प्रतिस्पर्धी र नवप्रवर्तनमुखी बनाउन कोसेढुंगा सावित हुनेछ।”
Share your thoughts to keep the conversation going.
Be the first to comment.