काठमाडौं: समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.५७ प्रतिशत कम हो। कर्जा लगानी ७.७७ प्रतिशतले बढेपनि ब्याज आम्दानी पर्याप्त रूपमा नबढ्दा नाफामा गिरावट आएको हो। कम्पनीको खुद ब्याज आम्दानी १२.३० प्रतिशतले घटेर १ करोड ७७ […]
काठमाडौं: समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.५७ प्रतिशत कम हो। कर्जा लगानी ७.७७ प्रतिशतले बढेपनि ब्याज आम्दानी पर्याप्त रूपमा नबढ्दा नाफामा गिरावट आएको हो।
कम्पनीको खुद ब्याज आम्दानी १२.३० प्रतिशतले घटेर १ करोड ७७ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ। यद्यपि, सञ्चालन घाटा भने गत वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो वर्ष २ करोड ३० लाख रुपैयाँ रहेको घाटा यस वर्ष १ करोड ६ लाख रुपैयाँमा झरेको छ।
हाल समाज लघुवित्तको चुक्ता पुँजी २ करोड २८ लाख रुपैयाँ छ भने जगेडा कोष ३ करोड ४० लाख रुपैयाँमा पुगेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) १७ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ १८ पैसा रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.