समता घरेलु लघुवित्तले साधारण सभा बोलाएको छ, बुक क्लोज कहिले हुने हो?

काठमाडौं: समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ। कम्पनीले फागुन ११ गते साधारण सभा गर्न लागेको हो, जुन मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेल, काभ्रेपलांक्चोकमा बिहान साढे ११ बजे सुरु हुनेछ। सभामा संस्थाले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राख्नेछ। सभामा आर्थिक […]

काठमाडौं: समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ। कम्पनीले फागुन ११ गते साधारण सभा गर्न लागेको हो, जुन मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेल, काभ्रेपलांक्चोकमा बिहान साढे ११ बजे सुरु हुनेछ। सभामा संस्थाले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राख्नेछ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। यदि आवश्यक परेमा, लघुवित्त संस्थाले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्ने प्रक्रिया सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ।

सभा सञ्चालनका लागि माघ २४ गते बुक क्लोज गरिनेछ। त्यसैले, माघ २३ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In