सेयर बजारबारे बजेटमा के के कुरा समेटियो ?

र्थिक वर्ष २०८२/८३ को बजेटमार्फत उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार सुधार तथा पुँजी बजार प्रवर्द्धनका लागि महत्वपूर्ण योजनाहरू सार्वजनिक गरेका छन्। उनका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनर्संरचना गर्दै संस्थागत क्षमता अभिवृद्धि गरिनेछ, जसले बजारलाई थप पारदर्शी र विश्वसनीय बनाउनेछ। धितोपत्र बोर्डको भूमिका सुदृढ गर्दै लगानीकर्ताको हित संरक्षणमा सरकार विशेष ध्यान दिनेछ। सूचीकृत […]

र्थिक वर्ष २०८२/८३ को बजेटमार्फत उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार सुधार तथा पुँजी बजार प्रवर्द्धनका लागि महत्वपूर्ण योजनाहरू सार्वजनिक गरेका छन्।

उनका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनर्संरचना गर्दै संस्थागत क्षमता अभिवृद्धि गरिनेछ, जसले बजारलाई थप पारदर्शी र विश्वसनीय बनाउनेछ। धितोपत्र बोर्डको भूमिका सुदृढ गर्दै लगानीकर्ताको हित संरक्षणमा सरकार विशेष ध्यान दिनेछ।

सूचीकृत कम्पनी र संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा लगानी गर्न सहज बनाइनेछ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलमा लगानी गर्न कानुनी आधार तयार गरिने छ।

सरकारी ऋणपत्रको दोस्रो बजार सञ्चालन गरिनेछ भने गैर-आवासीय नेपाली (NRNs) लाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्था गरिने छ। यी कदमहरूबाट पुँजी बजारलाई सशक्त, व्यवस्थित र लगानीमैत्री बनाउने सरकारको विश्वास रहेको अर्थमन्त्री पौडेलले बताए।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In