काठमाडौं : अमेरिकी चिप निर्माता एनभिडियाको सेयर मूल्य बिहीबार ८.४८% ले घटेपछि कम्पनीको बजार पुँजीकरणमा २ खर्ब ७३ अर्ब डलरको गिरावट आएको छ। यससँगै एनभिडिया ३० खर्ब डलर क्लब अर्थात् ‘३ ट्रिलियन क्लब’ बाट बाहिरिएको छ, सीएनबीसीले जनाएको छ। एनभिडियाको बाहिरिएपछि ३० खर्ब डलरभन्दा माथि बजार पुँजीकरण कायम गर्ने एक मात्र कम्पनी अब एप्पल रहेको […]
काठमाडौं : अमेरिकी चिप निर्माता एनभिडियाको सेयर मूल्य बिहीबार ८.४८% ले घटेपछि कम्पनीको बजार पुँजीकरणमा २ खर्ब ७३ अर्ब डलरको गिरावट आएको छ। यससँगै एनभिडिया ३० खर्ब डलर क्लब अर्थात् ‘३ ट्रिलियन क्लब’ बाट बाहिरिएको छ, सीएनबीसीले जनाएको छ।
एनभिडियाको बाहिरिएपछि ३० खर्ब डलरभन्दा माथि बजार पुँजीकरण कायम गर्ने एक मात्र कम्पनी अब एप्पल रहेको छ। गिरावटपछि एनभिडियाको बजार पुँजीकरण २९ खर्ब ४० अर्ब डलरमा झरेको छ। यद्यपि, कम्पनी अझै विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनीको रूपमा कायम छ, भने यसको प्रमुख ग्राहक माइक्रोसफ्ट तेस्रो स्थानमा छ।
हालको गिरावटपछि पनि एनभिडियाको मूल्य २ वर्षअघिको तुलनामा ५ गुणा बढी नै छ। ‘जेनेरेटिभ एआई’ बूमको सुरुवातसँगै कम्पनीले २०२४ को जुनमा पहिलो पटक ३ ट्रिलियन डलर बजार पुँजीकरण हासिल गरेको थियो। तर, २०२५ मा हालसम्म एनभिडियाको सेयर मूल्य १०% घटिसकेको छ।
सेयर मूल्य गिरावटको कारणमा निर्यात नियन्त्रण, भन्सार शुल्क, कर वृद्धि, अत्यधिक प्रतिस्पर्धात्मक एआई मोडेलहरू र समग्र वृद्धिको सुस्त गति प्रमुख रहेका छन्। यस गिरावटको प्रभाव अमेरिकी सेयर बजारमा समेत देखिएको छ, जसअनुसार बिहीबार ‘एस एन्ड पी ५००’ १.६% र ‘नास्ड्याक कम्पोजिट’ २.८% ले घटेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.