सरकारको कर आतंकले अर्थतन्त्र तहसनहस

आम जनता पार्टीका सांसद प्रभु साहले सरकारले कर आतंक फैलाएर मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले उत्पादन लागत वृद्धि, व्यापार मन्दी, र औद्योगिक क्षेत्रको पतनको मुख्य कारण कर सम्बन्धी कठोरता भएको दाबी गरे। सांसद साहले भने, “आज हाम्रा उद्योगहरु बन्द हुँदै छन्, व्यवसाय चौपट छन्, […]

आम जनता पार्टीका सांसद प्रभु साहले सरकारले कर आतंक फैलाएर मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले उत्पादन लागत वृद्धि, व्यापार मन्दी, र औद्योगिक क्षेत्रको पतनको मुख्य कारण कर सम्बन्धी कठोरता भएको दाबी गरे।

सांसद साहले भने, “आज हाम्रा उद्योगहरु बन्द हुँदै छन्, व्यवसाय चौपट छन्, व्यापार लथालिङ्ग छ। जहाँ हिजो ५० हजार रुपैयाँको कारोबार हुन्थ्यो, अहिले २५ हजार पनि हुँदैन। यसको मुख्य कारण हो—कर आतंक।”

उनले सरकारले बजेटमार्फत घरेलु पुँजीको संरक्षण गर्नुको सट्टा पूँजी पलायनलाई सहुलियत दिने नीतिहरू अपनाएको आरोप लगाए। “नेपालका पूँजीहरूलाई जगेर्ना गर्नुपर्नेमा, विदेशी पलायनलाई मलजल गर्ने खालको बजेट ल्याइएको छ,” उनले भने।

सांसद साहले सरकारले करको नाममा उत्पादन लागत बढाएको र त्यसले अर्थतन्त्रलाई ‘ड्यामेज’ गरेको टिप्पणी गरे। साथसाथै, सरकारले उद्योगी तथा व्यवसायीको सुरक्षा गर्नुपर्ने बेला उल्टै उनीहरूलाई संकटमा पारेको उनको गुनासो थियो।

यत्तिमात्र होइन, उनले सरकार र भ्रष्टाचारलाई ‘पर्यायवाची’ भएको बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बन्धी विनियोजन विधेयकमाथिको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेकोप्रति आपत्ति जनाउँदै उनले यस्तो लापरवाही निन्दनीय रहेको बताएका छन्।

सांसद साहको तीव्र आलोचनाले बजेट नीति र वर्तमान सरकारको आर्थिक व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In