काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले पुँजी बजारलाई प्राथमिकता दिएर बजेट ल्याएको बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले पुँजी बजारको विकास र विस्तारप्रति सरकार सकारात्मक रहेको स्पष्ट पारे। उनले भने, “बजेटले सरकार पुँजी बजारप्रति कत्तिको प्रतिबद्ध छ भन्ने कुरा देखाएको छ। धितोपत्र बोर्ड कुनै दबाब वा प्रभावमा नपरी […]
काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले पुँजी बजारलाई प्राथमिकता दिएर बजेट ल्याएको बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले पुँजी बजारको विकास र विस्तारप्रति सरकार सकारात्मक रहेको स्पष्ट पारे।
उनले भने, “बजेटले सरकार पुँजी बजारप्रति कत्तिको प्रतिबद्ध छ भन्ने कुरा देखाएको छ। धितोपत्र बोर्ड कुनै दबाब वा प्रभावमा नपरी काम गर्नुपर्छ भन्ने अपेक्षा सरकारको छ।”
पौडेलले बोर्डले इन्साइडर ट्रेडिङको विरोध गर्नुपर्ने र लगानीकर्तालाई आवश्यक लगानी शिक्षा तथा सचेतना दिनुपर्नेमा जोड दिए। साथै, पुँजी बजारमा नयाँ वित्तीय उपकरण (इन्स्ट्रुमेन्ट) ल्याइनु आवश्यक रहेको धारणा पनि राखे।
Share your thoughts to keep the conversation going.
Be the first to comment.