सूर्यकुण्ड हाइड्रोको आईपीओ पुस ९ देखि

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै आईपीओ ल्याउन लागेको हो। कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख रुपैयाँको २० प्रतिशत बराबर हुने १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। […]

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै आईपीओ ल्याउन लागेको हो।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख रुपैयाँको २० प्रतिशत बराबर हुने १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता शेयर नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सबै वडाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

यसैगरी, सर्वसाधारणतर्फ छुट्याइने शेयरको १० प्रतिशत अर्थात ६८ हजार ९६७ कित्ता शेयर नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। सबै शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा पुस २३ गते र ढिलोमा माघ ८ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने पुस १४ गतेभित्र आवेदन दिनुपर्नेछ, पर्याप्त आवेदन नपरे पुस २३ गतेसम्म अवधि थप हुन सक्छ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत करिब २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७१ वर्ष र डिस्काउण्टमा १६ वर्ष रहेको कम्पनीले जनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले तोकिएका बैंक शाखा तथा आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि–आस्बा प्रणालीमार्फत बैंक तथा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In