सूर्यकुण्ड हाइड्रोको आईपीओ आजदेखि खुला

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। कम्पनीले कुल जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ […]

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।

कम्पनीले कुल जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ६८ हजार ९६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याई बाँडफाँट भइसकेको छ।

दोस्रो चरणअन्तर्गत कम्पनीले १३ हजार ७९३ कित्ता सेयर कर्मचारीहरूका लागि र ३४ हजार ४८४ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। यी सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उपलब्ध हुनेछन्, जसको कुल मूल्य ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ रहेको छ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गतेसम्म खुला रहनेछ।

रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस (CARE-NP BB-) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

सूर्यकुण्ड हाइड्रोले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब २१ करोड ५३ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २६ वर्ष बाँकी छ। कम्पनीका अनुसार साधारण लगानी फिर्ता हुने अवधि ७.७१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालन गरिएको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि सि–आस्बा मार्फत आवेदन दिन सकिनेछ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In