सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि माघ १८ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (माघ २१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो। कम्पनीले जारी पूँजी ६८ […]

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि माघ १८ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (माघ २१ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख रुपैयाँको २० प्रतिशत बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५ लाख ७२ हजार ४३१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (CARE-NP BB-) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत करिब २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता अवधि १६ वर्ष रहेको छ। विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २६ वर्ष बाँकी छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In