सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न आर्थिक वर्षमा वितरण गरेको तर हालसम्म नलिइएको लाभांश संकलन गर्न बाँकी रहेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। कम्पनीले सेयरधनीहरूले हालसम्म नलिएको लाभांश सम्बन्धी विवरण आफ्नो सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटमा राखिएको जनाएको छ। त्यस्तै, कम्पनीले सेयर अभौतिकीकरण, विवरण अद्यावधिक तथा डिम्याट खाता नवीकरण गर्न […]
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न आर्थिक वर्षमा वितरण गरेको तर हालसम्म नलिइएको लाभांश संकलन गर्न बाँकी रहेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
कम्पनीले सेयरधनीहरूले हालसम्म नलिएको लाभांश सम्बन्धी विवरण आफ्नो सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटमा राखिएको जनाएको छ। त्यस्तै, कम्पनीले सेयर अभौतिकीकरण, विवरण अद्यावधिक तथा डिम्याट खाता नवीकरण गर्न समेत अनुरोध गरेको छ।
लामो समयसम्म लाभांश नलिने सेयरधनीको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने प्रावधानअनुसार कम्पनीले अग्रिम सूचना प्रदान गर्दै आवश्यक प्रक्रिया छिटो पूरा गर्न आग्रह गरेको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.