काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सूर्योदय वोमी लघुवित्तको खुद नाफासहित प्रमुख वित्तीय सूचकहरू उल्लेखनीय रूपमा बढेका छन्। सो अवधिमा कम्पनीको खुद नाफा ५९.७६ प्रतिशतले बढेर ३ करोड ७५ लाख २४ हजार रुपैयाँ पुगेको छ, जबकि गत वर्ष सोही अवधिमा २ करोड ३४ लाख ८८ हजार रुपैयाँ थियो। खुद ब्याज आम्दानी र सञ्चालन नाफा […]
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सूर्योदय वोमी लघुवित्तको खुद नाफासहित प्रमुख वित्तीय सूचकहरू उल्लेखनीय रूपमा बढेका छन्। सो अवधिमा कम्पनीको खुद नाफा ५९.७६ प्रतिशतले बढेर ३ करोड ७५ लाख २४ हजार रुपैयाँ पुगेको छ, जबकि गत वर्ष सोही अवधिमा २ करोड ३४ लाख ८८ हजार रुपैयाँ थियो।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएकाले खुद नाफामा पनि सकारात्मक प्रभाव परेको हो। खुद ब्याज आम्दानी १९.२० प्रतिशतले बढेर ३० करोड ३९ लाख ६२ हजार रुपैयाँ पुगेको छ, भने सञ्चालन नाफा ५९.७६ प्रतिशतले वृद्धि भई ५ करोड ३६ लाख ६ हजार रुपैयाँ पुगेको छ।
पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६२ पैसाले बढेर ६ रुपैयाँ ७८ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ३५ पैसा छ, भने चुक्ता पुँजी १ अर्ब १० करोड ६२ लाख ८६ हजार रुपैयाँ रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.