सर्वसाधारणले पनि खरिद गर्न सक्ने जीवन विकास लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति?

काठमाडौं: जीवन विकास लघुवित्तले १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज (फागुन ২৬ गते) बाट ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कटहरी मोरङ, वा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, बालुवाटार, […]

काठमाडौं: जीवन विकास लघुवित्तले १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज (फागुन ২৬ गते) बाट ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कटहरी मोरङ, वा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

यसअघि कम्पनीका विद्यमान संस्थापकलाई सेयर बिक्री खुला गर्दा पर्याप्त आवेदन नपरेको कारणले अन्य लगानीकर्ताहरूलाई पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In