काठमाडौं: गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा कुनै पनि व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुकहरूले आज (चैत १७) देखि १५ दिनभित्र बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आफूले कति सेयर खरिद गर्न चाहन्छन् भन्ने विवरण सहित […]
काठमाडौं: गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा कुनै पनि व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुकहरूले आज (चैत १७) देखि १५ दिनभित्र बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आफूले कति सेयर खरिद गर्न चाहन्छन् भन्ने विवरण सहित आवेदन दिनुपर्नेछ।
यसअघि बैंकका विद्यमान संस्थापकहरूका लागि सेयर बिक्री खुला गरिए पनि आवश्यक आवेदन प्राप्त नभएकाले यसपटक अन्य लगानीकर्ताहरूलाई पनि आवेदन दिन सक्ने अवसर प्रदान गरिएको बैंकले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.