सिर्सिया सुक्खा बन्दरगाहबाट ६ महिनामा २३ अर्बभन्दा बढी राजस्व संकलन

वीरगंज — सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम वार्षिक लक्ष्यको ३८.८७ प्रतिशत मात्रै हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा कार्यालयको राजस्व संकलन १ अर्ब ४५ करोड ४१ लाख ७९ हजारले घटेको छ। […]

वीरगंज — सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम वार्षिक लक्ष्यको ३८.८७ प्रतिशत मात्रै हो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा कार्यालयको राजस्व संकलन १ अर्ब ४५ करोड ४१ लाख ७९ हजारले घटेको छ।

चालु आर्थिक वर्षमा साउन महिनामा ३ अर्ब ७५ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। त्यसपछि भदौमा ४ अर्ब ६४ करोड ३० लाख रुपैयाँ, असोजमा ४ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ, कात्तिकमा ३ अर्ब ७९ करोड २९ लाख रुपैयाँ, मंसिरमा ३ अर्ब २२ करोड ८४ लाख रुपैयाँ र पुसमा ३ अर्ब ५६ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

गत वर्षको पहिलो ६ महिनामा भने कार्यालयले २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

Source : RSS

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In