नेपालकै पहिलो पाँचतारे होटल सोल्टीमा (SHL) विश्वप्रसिद्ध होटल समूह मेरिअटको ‘अटोग्राफ कलेक्सन’ ब्रान्ड प्रवेश गरेको छ। दक्षिण एसियामै पहिलोपटक नेपालमार्फत प्रवेश गरेको यस ब्रान्डसँग अब होटलको नाम ‘द सोल्टी काठमाडौं, अटोग्राफ कलेक्सन’ हुनेछ। २८५ कोठा क्षमतासहितको होटल सोल्टीले यस सहकार्यमार्फत अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहुँच विस्तार गर्न सकेको छ। होटलका उपाध्यक्ष सुदर्शन चापागाईंका अनुसार अटोग्राफ कलेक्सन […]
नेपालकै पहिलो पाँचतारे होटल सोल्टीमा (SHL) विश्वप्रसिद्ध होटल समूह मेरिअटको ‘अटोग्राफ कलेक्सन’ ब्रान्ड प्रवेश गरेको छ। दक्षिण एसियामै पहिलोपटक नेपालमार्फत प्रवेश गरेको यस ब्रान्डसँग अब होटलको नाम ‘द सोल्टी काठमाडौं, अटोग्राफ कलेक्सन’ हुनेछ।
२८५ कोठा क्षमतासहितको होटल सोल्टीले यस सहकार्यमार्फत अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहुँच विस्तार गर्न सकेको छ। होटलका उपाध्यक्ष सुदर्शन चापागाईंका अनुसार अटोग्राफ कलेक्सन एक प्रकारको डिस्ट्रिब्युसन च्यानल तथा लोयल्टी प्रोग्राम हो, जसले उच्चस्तरका पर्यटक भित्र्याउन सहयोग पुर्याउनेछ।
मेरिअट इन्टरनेसनलकी क्षेत्रीय उपाध्यक्ष रञ्जु एलेक्सका अनुसार सोल्टीमार्फत अटोग्राफ कलेक्सनलाई दक्षिण एसियामा पहिलोपटक प्रवेश गराउन पाउनु गौरवको कुरा हो। होटल व्यवस्थापन तथा सञ्चालन भने सोल्टीकै जिम्मामा रहनेछ।
होटल सोल्टीका महाप्रबन्धक अभिनाश देशमुखले अटोग्राफ कलेक्सनको आगमनसँगै सोल्टीका लागि नयाँ अध्याय सुरु भएको र यसले नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
Source : https://www.onlinekhabar.com/2025/06/1704355/marriott-brand-autograph-collection-enters-hotel-solti
Share your thoughts to keep the conversation going.
Be the first to comment.