काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी चैत १ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। भोलि होलीको सार्वजनिक बिदा परेकाले आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल […]
काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी चैत १ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
भोलि होलीको सार्वजनिक बिदा परेकाले आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव राखेको छ।
यसै अवसरमा कम्पनीले चैत १५ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा ५८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.