सोल्टी होटल लिमिटेड (SHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त […]
सोल्टी होटल लिमिटेड (SHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते (आइतबार), त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौंमा ५१औं वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान १० बजे सुरू हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। त्यसअनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.