सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस २० गते) अन्तिम दिन रहेको छ। यसअघि बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको थियो। बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको कुल १७ लाख २३ हजार ८८० कित्ता […]
सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस २० गते) अन्तिम दिन रहेको छ। यसअघि बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको थियो।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो। पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट भइसकेको छ।
दोस्रो चरणमा बैंकले कर्मचारीहरूका लागि सुरक्षित गरिएको २६ हजार ११९ कित्ता शेयर बाहेक बाँकी १४ लाख ३९ हजार १७९ कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरेको हो। सबै शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
क्रेडिट रेटिङतर्फ इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ दिएको छ, जसले बैंकको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.