सालपा विकास बैंकको वैदेशिक रोजगारी आईपीओमा आवेदन दिने आज अन्तिम मौका

सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मंसिर २५ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ। विदेशमा काम गरिरहेका नेपाली लगानीकर्ताले आजभित्र आवेदन नदिए आईपीओमा सहभागी हुने अवसर गुम्नेछ। बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको १७ करोड २३ लाख […]

सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मंसिर २५ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ। विदेशमा काम गरिरहेका नेपाली लगानीकर्ताले आजभित्र आवेदन नदिए आईपीओमा सहभागी हुने अवसर गुम्नेछ।

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँ मूल्यको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। सोमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ दिएको छ, जसले बैंकको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आजभित्र आवेदन दिन सक्नेछन्।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In