सोलु हाइड्रोपावरको स्थानीयवासीले IPO आवेदन आज अन्तिम दिन

सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि मंसिर ७ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर २१) अन्तिम दिन आएको छ। आजभित्र आवेदन नदिए स्थानीयवासी लक्षित शेयर खरिदको अवसर छुट्नेछ। कम्पनीलाई १० अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर २ अर्ब रुपैयाँको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त छ। त्यसअनुसार […]

सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि मंसिर ७ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर २१) अन्तिम दिन आएको छ। आजभित्र आवेदन नदिए स्थानीयवासी लक्षित शेयर खरिदको अवसर छुट्नेछ।

कम्पनीलाई १० अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर २ अर्ब रुपैयाँको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त छ। त्यसअनुसार १ अर्ब रुपैयाँ बराबरका प्रतिकित्ता १०० रुपैयाँ दरका १ करोड कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको छ।

यसमा अति प्रभावित क्षेत्रमा परेका सोलु दूधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का स्थानीयका लागि ४० लाख कित्ता (४०%) राखिएको छ। बाँकी ६० लाख कित्ता (६०%) सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाका अन्य वडाका स्थानीय बासिन्दाले भर्न सक्नेछन्।

न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।
कम्पनीको क्रेडिट क्षमता मूल्यांकनमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले IRN Double B रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्छ।

कम्पनीले निर्माण गर्दै आएको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजनाको लागत करिब १६ अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ। प्रतिमेगावाट लागत करिब १९ करोड ८८ लाख रुपैयाँ पर्छ। आयोजनाको अनुमति अवधि २५ वर्ष बाँकी छ।
साधारण लगानी फिर्ता अवधि ७.६८ वर्ष र डिस्काउन्टेड पेब्याक अवधि १२.०९ वर्ष रहने कम्पनीको अनुमान छ।

शेयर बिक्री व्यवस्थापन नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ। स्थानीयवासीले ग्लोबल आईएमई बैंक–सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंक–नेले शाखा तथा आयोजनास्थल तिङ्ला (सोलुखुम्बु)बाट आवेदन बुझाउन सक्छन्।
दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क तोकिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In