सोलु हाइड्रोपावरको IPO सर्वसाधारणको आजदेखि खुला

सोलु हाइड्रोपावर लिमिटेडले आज (पुस २९ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन सुरु गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरिसकेको छ। कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता साधारण शेयर निष्काशन […]

सोलु हाइड्रोपावर लिमिटेडले आज (पुस २९ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन सुरु गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरिसकेको छ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरी प्रि–अलटमेन्ट सम्पन्न भइसकेको छ। साथै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको १० लाख कित्ता शेयर पनि बाँडफाँट भइसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरूका लागि ३ लाख कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निष्काशन छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते बन्द हुनेछ।

क्रेडिट रेटिङतर्फ, इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ। यस आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ८८ लाख रुपैयाँ रहेको छ भने विद्युत उत्पादन अनुमतिपत्र अझै २५ वर्ष बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.६८ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.०९ वर्ष रहेको छ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालन गरिएको मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In