नेप्सेमा सूचीकृत दुई लघुवित्त वित्तीय संस्था स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरिएको छ। कम्पनीहरूले प्रस्तावित बोनस सेयर वितरण र साधारण सभाका लागि बुक क्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उक्त समायोजन गरेको हो। स्वाभिमान लघुवित्तको ५ प्रतिशत बोनस सेयर वितरणपछि समायोजित मूल्य रु १७३६.०६ मा […]
नेप्सेमा सूचीकृत दुई लघुवित्त वित्तीय संस्था स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरिएको छ।
कम्पनीहरूले प्रस्तावित बोनस सेयर वितरण र साधारण सभाका लागि बुक क्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उक्त समायोजन गरेको हो।
स्वाभिमान लघुवित्तको ५ प्रतिशत बोनस सेयर वितरणपछि समायोजित मूल्य रु १७३६.०६ मा निर्धारण गरिएको छ। यो मूल्य कम्पनीको अन्तिम कारोबार मूल्यको आधारमा तय गरिएको हो।
त्यस्तै, स्वरोजगार लघुवित्तको १३.५० प्रतिशत बोनस सेयर वितरणपछि समायोजन गरिएको सेयर मूल्य रु ८४६.०३ कायम भएको छ। यसमा अन्तिम कारोबार मूल्य रु ९६०.२४ लाई आधार मानेर समायोजन गरिएको हो।
यी समायोजित मूल्यहरूकै आधारमा अब दोस्रो बजारमा कारोबार खुल्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.