स्वरोजगार लघुवित्तको एफपीओ आवेदनको आज अन्तिम दिन

काठमाडौं : स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज (फागुन २१ गते) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताहरूले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। कम्पनीले फागुन १८ गतेदेखि १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ। यस अन्तर्गत प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १ लाख ९५ हजार […]

काठमाडौं : स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज (फागुन २१ गते) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताहरूले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

कम्पनीले फागुन १८ गतेदेखि १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ। यस अन्तर्गत प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ अनुसार सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ ल्याएको हो।

यस एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन प्रक्रिया सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर मार्फत गर्न सकिनेछ।

एफपीओको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। साथै, क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यसलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रूपमा सुरक्षित जनाउने ‘इक्रा इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। इक्रा नेपालले २०८१ साउन १४ गते प्रदान गरेको यो रेटिङ २०८२ साउन १३ गतेसम्म मान्य रहनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In