स्वरोजगार लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुँदै, १९ हजार ५७७ जनाले मात्रै सेयर पाउने

काठमाडौं : स्वरोजगार लघुवित्तको एफपीओ आगामी शुक्रबार (चैत १ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहान १० बजे बालुवाटार, काठमाडौंस्थित आफ्नै कार्यालयमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ। एफपीओ प्राप्त गर्नका लागि भाग्यको भर पर्नुपर्नेछ, किनभने मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेको छ। त्यसैले, बाँडफाँट प्रक्रिया गोलाप्रथाबाट हुने निश्चित भएको छ। […]

काठमाडौं : स्वरोजगार लघुवित्तको एफपीओ आगामी शुक्रबार (चैत १ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहान १० बजे बालुवाटार, काठमाडौंस्थित आफ्नै कार्यालयमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ।

एफपीओ प्राप्त गर्नका लागि भाग्यको भर पर्नुपर्नेछ, किनभने मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेको छ। त्यसैले, बाँडफाँट प्रक्रिया गोलाप्रथाबाट हुने निश्चित भएको छ।

यस एफपीओमा कुल १८ लाख ८२ हजार ४२२ जना आवेदकहरूले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ता सेयरका लागि आवेदन दिएका थिए। तर, मात्र १९ हजार ५७७ जनाले सेयर हात पार्नेछन्, जबकि बाँकी १८ लाख ६२ हजार ८४५ जना आवेदक भने खाली हात रहनेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In