स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) को एफपीओ बाँडफाँट सम्पन्न भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो बाँडफाँट सम्पन्न भएको हो। लघुवित्तले गत फागुन १८ देखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो। उक्त शेयरका लागि १७ लाख ८० हजार […]
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) को एफपीओ बाँडफाँट सम्पन्न भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो बाँडफाँट सम्पन्न भएको हो।
लघुवित्तले गत फागुन १८ देखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो। उक्त शेयरका लागि १७ लाख ८० हजार ४५७ आवेदकले २ करोड १७ लाख १५ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिएका थिए।
क्यापिटलका अनुसार, प्राप्त आवेदनमध्ये २ हजार ६६४ आवेदन रद्द भएको छ भने १७ लाख ७७ हजार ७९५ आवेदन स्वीकृत भएको छ।
मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो। यस प्रक्रियामा १९ हजार ५७७ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। तीमध्ये भाग्यमानी ३ जनाले थप एक कित्ता प्राप्त गरी ११ कित्ता शेयर पाएका छन्।
उक्त नतिजा सीडीएससी आईपीओ रिजल्ट, मेरोशेयर, तथा एनएमबि क्यापिटल लिमिटेड को वेबसाइटमार्फत हेर्न सकिने छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.