काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा यही वैशाख २९ गते बोलाएको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
कम्पनीले एफपीओ बिक्रीपछि कायम ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ चुक्ता पुँजीमा आधारित रहेर लाभांश वितरण गर्न लागेको हो। यसअनुसार, एफपीओ मार्फत सेयर प्राप्त गरेका लगानीकर्ताले पनि बोनस सेयर पाउनेछन्। बोनस सेयर वितरणपछि पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरणलगायत विषयमा छलफल गरिनेछ। साथै, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन प्रक्रिया अगाडि बढाउनु परेमा सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्नेछ। त्यसैले, वैशाख १० गते बुधबारसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ः३० बजे सुरु हुनेछ।












Be the first to comment.