स्वरोजगार लघुवित्तको वैशाख २९ गते एजीएम, १३.५० प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारण सभा वैशाख २९ गते गर्ने भएको छ। कम्पनीका अनुसार सभामा गत वर्षको नाफाबाट १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। एफपीओ बिक्रीपछि कायम चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँमा आधारित रही लाभांश […]

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारण सभा वैशाख २९ गते गर्ने भएको छ। कम्पनीका अनुसार सभामा गत वर्षको नाफाबाट १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। एफपीओ बिक्रीपछि कायम चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँमा आधारित रही लाभांश वितरण गरिनेछ।

यसअनुसार, एफपीओ प्राप्त गरेका लगानीकर्ताहरूले पनि बोनस सेयर पाउनेछन्। बोनस सेयर वितरणसँगै कम्पनीको पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्रमा आवश्यक संशोधन गरिनेछ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान विवरण र नगद प्रवाह सम्बन्धी विवरणमाथि छलफल गरी स्वीकृत गरिनेछ। साथै, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन प्रक्रियामा जान आवश्यक परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ। सभा प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज तोकिएको छ, जसअनुसार वैशाख १० गतेसम्म नाम दर्ता भएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In