काठमाडौं : स्वरोजगार लघुवित्तले कुल ५४,४६४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमध्ये ३३,९६४ कित्ता सेयरमा संस्थापक शेयरधनीहरूले आवेदन दिन सक्ने छन्। कम्पनीले प्रति कित्ता सेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेको छ। इच्छुक संस्थापक शेयरधनीहरूले सो मूल्य वा सोभन्दा बढी उल्लेख गरी आवेदन दिनुपर्नेछ। यी सेयरहरूमा आवेदन दिन पाउने अधिकार केवल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूसँग […]
काठमाडौं : स्वरोजगार लघुवित्तले कुल ५४,४६४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमध्ये ३३,९६४ कित्ता सेयरमा संस्थापक शेयरधनीहरूले आवेदन दिन सक्ने छन्। कम्पनीले प्रति कित्ता सेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेको छ। इच्छुक संस्थापक शेयरधनीहरूले सो मूल्य वा सोभन्दा बढी उल्लेख गरी आवेदन दिनुपर्नेछ।
यी सेयरहरूमा आवेदन दिन पाउने अधिकार केवल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूसँग मात्र हुनेछ।
त्यसैगरी, बाँकी २०,५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ। सर्वसाधारणका लागि भने सेयरको मूल्य तोकिएको छैन।
संस्थापक सेयरधनीहरूले सेयर खरिदको आवेदन आज (जेठ २९ गते) देखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, बनेपा–५, काभ्रेपलाञ्चोकमा दिनुपर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.