स्वरोजगार लघुवित्तले फागुन १८ गतेबाट एफपीओ जारी गर्ने

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि एफपीओ (Further Public Offering) निष्कासन गर्ने भएको छ। कम्पनीले कुल १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो। यस अनुसार, लघुवित्तले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर सार्वजनिक निष्कासन गर्नेछ। बैंक तथा […]

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि एफपीओ (Further Public Offering) निष्कासन गर्ने भएको छ। कम्पनीले कुल १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो।

यस अनुसार, लघुवित्तले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर सार्वजनिक निष्कासन गर्नेछ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत पुर्‍याउन एफपीओ जारी गर्न लागिएको हो।

एफपीओमा आवेदन दिने समयसीमा फागुन २१ गतेसम्म तोकिएको छ। तर, सो अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्वा सेवाप्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयर मार्फत दिन सकिन्छ।

कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ। साथै, क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमताका आधारमा ‘इक्रा इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले मध्यम स्तरको जोखिम संकेत गर्छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In