स्वरोजगार लघुवित्तले बोनस सेयर घोषणा गरेको छ, एफपीओ पाउने लगानीकर्ताहरूलाई के फाइदा हुनेछ?

काठमाडौं: स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट १३.८९ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ। यो बोनस तथा नगद लाभांश हाल कायम ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ चुक्ता […]

काठमाडौं: स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट १३.८९ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ। यो बोनस तथा नगद लाभांश हाल कायम ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ चुक्ता पुँजीका आधारमा घोषणा गरिएको हो।

यसैबीच, हालै बिक्री गरिएको १ लाख ९५ हजार ७३३ कित्ता एफपीओ साधारण सभाको बुक क्लोज मितिभन्दा अघि सूचीकरण भएमा एफपीओ पाउने लगानीकर्ताहरूले पनि बोनस सेयर प्राप्त गर्नेछन्। एफपीओ सूचीकरण भएमा चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्ने भएकाले प्रस्तावित लाभांश दर समायोजन गरी १३.५० प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांश कायम हुने कम्पनीले जनाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In