स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश दर स्वीकृत गरेको हो। घोषित लाभांशअनुसार लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.६३६५% बोनस शेयर तथा बोनसको कर प्रयोजनार्थ ४.३६३५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कुल […]

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश दर स्वीकृत गरेको हो।

घोषित लाभांशअनुसार लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.६३६५% बोनस शेयर तथा बोनसको कर प्रयोजनार्थ ४.३६३५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कुल मिलेर संस्थाले करिब १०% बराबरको समग्र लाभांश घोषणा गरेको देखिन्छ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ। लाभांशबाट मौजुदा पूँजी सुदृढ हुनुका साथै शेयरधनीलाई प्रत्यक्ष लाभ पुग्ने कम्पनीले जनाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In