काठमाडौं : स्वावलम्बन लघुवित्तले आज (जेठ २९ गते) देखि ५३,००० कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीका लागि खुला गरेको छ। इच्छुक व्यक्तिहरूले न्यूनतम ४३५ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गर्दै गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ।
यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी, अन्य संघसंस्था तथा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन सक्ने छन्। बोलपत्र पेश गर्नको अन्तिम म्याद असार १२ गतेसम्म तोकिएको छ।
लिलामी आवेदन बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा बुझाउन सकिनेछ।












Be the first to comment.