स्वस्तिक लघुवित्तको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार २७ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले जारी पूँजीको ४०% बराबर २ लाख ३१ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएकोमा, कर्मचारीहरूका लागि १,१५५ कित्ता र सामूहिक लगानी कोषका लागि ११,५५० कित्ता सुरक्षित गरी बाँकी २३ हजार १०० […]

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार २७ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले जारी पूँजीको ४०% बराबर २ लाख ३१ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएकोमा, कर्मचारीहरूका लागि १,१५५ कित्ता र सामूहिक लगानी कोषका लागि ११,५५० कित्ता सुरक्षित गरी बाँकी २३ हजार १०० कित्ता शेयर विदेशमा श्रम स्वीकृति प्राप्त गरि रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।

प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका शेयरका लागि न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद साउन ९ गतेसम्म रहनेछ।

इक्रा नेपालले स्वस्तिक लघुवित्तलाई “ICRA NP Issuer Rating B” प्रदान गरेको छ, जसले उच्च वित्तीय जोखिम संकेत गर्दछ।

आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले सि-आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

Share Training Near Me

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In