काठमाडौं: साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ५४.८७ प्रतिशत वृद्धि हो। अघिल्लो वर्ष कम्पनीले ४५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो। विद्युत बिक्री आम्दानी १ अर्ब ५३ करोडबाट बढेर १ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ पुगेको छ, जबकि […]
काठमाडौं: साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ५४.८७ प्रतिशत वृद्धि हो। अघिल्लो वर्ष कम्पनीले ४५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो। विद्युत बिक्री आम्दानी १ अर्ब ५३ करोडबाट बढेर १ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ पुगेको छ, जबकि वित्तीय खर्च ६४ करोड ७६ लाखबाट घटेर ४४ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ। आम्दानी वृद्धि र खर्च कटौतीका कारण नाफामा सुधार आएको हो। ३ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ९७ करोड रुपैयाँ छ। प्रतिसेयर आम्दानी ३७.५६ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७८.९० रुपैयाँ रहेको छ। साहस उर्जाले १०० प्रतिशत हकप्रद बिक्रीको तयारी पनि गरिरहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.