काठमाडौं: अघिल्लो दिन नयाँ कीर्तिमान बनाएको सुनको मूल्यमा आज भारी गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७,५०० रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको छ। मंगलबार (वैशाख ९ गते) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ६,९०० रुपैयाँको वृद्धिसहित प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको […]
काठमाडौं: अघिल्लो दिन नयाँ कीर्तिमान बनाएको सुनको मूल्यमा आज भारी गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७,५०० रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको छ।
मंगलबार (वैशाख ९ गते) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ६,९०० रुपैयाँको वृद्धिसहित प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। चाँदीको भाउ प्रति तोला ५ रुपैयाँले घट्दै १,९६५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन १,९७० रुपैयाँ थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.