हेटौंडा औद्योगिक क्षेत्रका तीन उद्योगको सम्झौता रद्द, सम्पत्ति लिलामी प्रक्रिया अघि बढ्यो

बागमती: हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योग— नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि, र बानिया मल्टी प्रोडक्ट प्रालि—को सम्झौता रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ। कार्यालयका प्रमुख संगीता कुँवरका अनुसार, उद्योग सञ्चालकलाई पटकपटक सम्पर्क गर्न खोजिए पनि उनीहरू सम्पर्कमा नआएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। लिलामीका लागि […]

बागमती: हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योग— नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि, र बानिया मल्टी प्रोडक्ट प्रालि—को सम्झौता रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ।

कार्यालयका प्रमुख संगीता कुँवरका अनुसार, उद्योग सञ्चालकलाई पटकपटक सम्पर्क गर्न खोजिए पनि उनीहरू सम्पर्कमा नआएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। लिलामीका लागि सूचना जारी भइसकेको छ, र चाँडै प्रक्रिया पूरा गरेर सम्पत्ति लिलामी गरिनेछ।

यसैबीच, हेटौंडा औद्योगिक क्षेत्रमा थप दुई नयाँ उद्योग सञ्चालनमा आएका छन्, जससँगै हाल कुल १४६ उद्योग सञ्चालनमा छन्। थ्रिस्टार ग्रुपले रंगीन तथा सादा कर्कट पाता उत्पादन थालेको छ भने बाबा मेनिफ्याक्चर प्रालिले टिनका बाकस उत्पादन सुरु गरेको छ।

सन् १९६३ मा अमेरिकी सरकारको सहयोगमा स्थापना भएको यो औद्योगिक क्षेत्र ३,२२८ रोपनीमा फैलिएको छ, जसमा १० उद्योग निर्माणाधीन छन्। औद्योगिक भवन, गोदाम, र अन्य संरचना निर्माण गरी व्यवसायका लागि भाडामा उपलब्ध गराइएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In