हेटौंडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

काठमाडौं : लगभग पाँच महिनापछि, हेटौंडा सिमेन्ट उद्योगले पुनः सिमेन्ट उत्पादन शुरु गरेको छ। आज, चैत २५ गतेदेखि उद्योगले सिमेन्ट उत्पादन प्रक्रिया फेरि सुरु गरेको हो। विद्युत आपूर्तिमा समस्या भएको कारण बन्द भएको सिमेन्ट उत्पादन, अब विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएसँगै पुनः सुरु भएको हो। उद्योगलाई दैनिक ८ मेगावाट विद्युत् आवश्यक पर्ने कुरा उद्योगका महाप्रबन्धक, […]

काठमाडौं : लगभग पाँच महिनापछि, हेटौंडा सिमेन्ट उद्योगले पुनः सिमेन्ट उत्पादन शुरु गरेको छ। आज, चैत २५ गतेदेखि उद्योगले सिमेन्ट उत्पादन प्रक्रिया फेरि सुरु गरेको हो। विद्युत आपूर्तिमा समस्या भएको कारण बन्द भएको सिमेन्ट उत्पादन, अब विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएसँगै पुनः सुरु भएको हो।

उद्योगलाई दैनिक ८ मेगावाट विद्युत् आवश्यक पर्ने कुरा उद्योगका महाप्रबन्धक, नवीनकुमार कर्णले बताए। उद्योगमा हाल १,९०० मेट्रिक टन सिमेन्ट उत्पादनका लागि जगेडामा राखिएको छ।

उद्योगले दोस्रो चरणमा करीब ४,००० मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी गरेको कर्णले जानकारी दिएका छन्। हेटौंडाको लामसुरेमा २०३३ सालमा स्थापना भएको यो उद्योग २०४३ मंसिर २६ गते सार्वजनिक रूपमा उद्घाटन गरिएको थियो।

सुरुआतमा हेटौंडा उद्योगमा १ अर्ब ५० करोड रुपैयाँको लगानी गरिएको थियो। हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा, भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरेका छन्। उद्योगको दैनिक उत्पादन क्षमता १८,००० बोरा सिमेन्टको भए पनि, हाल केवल १२,००० बोरा मात्र उत्पादन भइरहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In