हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक संकट, उत्पादन अन्योलमा

हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटका कारण गम्भीर समस्यामा परेको छ। उपकरण मर्मत आवश्यक पर्ने भन्दै गत असोज १५ गतेदेखि बन्द रहेको उद्योगले मंसिरको पहिलो साताबाट उत्पादन सुरु गर्ने भने पनि उपकरण मर्मत नटुंगिँदा र आर्थिक संकट गहिरिँदै गएपछि उत्पादन अन्योलमा परेको छ। प्रवक्ता हरेराम आचार्यका अनुसार, उद्योगमा कच्चा पदार्थ र कोइलाको अभाव छ, जसका कारण […]

हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटका कारण गम्भीर समस्यामा परेको छ। उपकरण मर्मत आवश्यक पर्ने भन्दै गत असोज १५ गतेदेखि बन्द रहेको उद्योगले मंसिरको पहिलो साताबाट उत्पादन सुरु गर्ने भने पनि उपकरण मर्मत नटुंगिँदा र आर्थिक संकट गहिरिँदै गएपछि उत्पादन अन्योलमा परेको छ।

प्रवक्ता हरेराम आचार्यका अनुसार, उद्योगमा कच्चा पदार्थ र कोइलाको अभाव छ, जसका कारण दैनिक उत्पादन सञ्चालन गर्न सकिएको छैन। कोइलाको पुरानो भुक्तानी नहुँदा नयाँ कोइला आयात गर्ने सम्भावना न्यून छ।

संकट थपिँदै जाँदा उद्योगले कर्मचारीको तलब, इन्धन, र सामान्य मर्मत खर्च जस्तो नियमित खर्च धान्न संघर्ष गरिरहेको छ। विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने महसुल बक्यौता पनि करिब ३०–४० करोड पुगेको छ, जसले विद्युत् आपूर्ति सुनिश्चित गर्न कठिन बनाएको छ।

आर्थिक समस्या समाधान नहुँदासम्म उत्पादन कहिले सुरु हुने अन्योल कायमै छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In