होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २६ गते) अन्तिम दिन रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइएको आईपीओ बाँडफाँटपश्चात कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरेको हो। कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० […]

होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २६ गते) अन्तिम दिन रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइएको आईपीओ बाँडफाँटपश्चात कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबरको ४० करोड रुपैयाँका ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीका लागि बाँडफाँट भइसकेको छ। बाँकी ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई IRN BB- (डबल बी माइनस) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको आयोजना सम्पन्न गर्दा कुल लागत ३ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। साधारण लगानी फिर्ता अवधि १०.८६ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १५.३३ वर्ष रहेको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आसबामार्फत सहभागी बैंक तथा वित्तीय संस्था वा मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In