होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि माघ ४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात ४ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरले विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि छुट्याइएको […]
होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि माघ ४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात ४ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरले विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि छुट्याइएको हो।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन अवधि छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म रहनेछ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
कम्पनीले सञ्चालन गरेको आयोजनामा कुल ३ अर्ब ४८ करोड २१ लाख रुपैयाँभन्दा बढी लागत लागेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.