काठमाडौं : हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। अब नियामक बिमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश प्रदान गरिनेछ। यसअघि, कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट […]
काठमाडौं : हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
अब नियामक बिमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश प्रदान गरिनेछ। यसअघि, कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.