काठमाडौं: हिमालयन एभरेष्ट इन्सुरेन्सको वार्षिक साधारण सभा आज, फागुन २७ गते, मंगलबार बस्दैछ। सभा बानेश्वर अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान, र नगद प्रवाह सम्बन्धी विषयमा छलफल हुनेछ। […]
काठमाडौं: हिमालयन एभरेष्ट इन्सुरेन्सको वार्षिक साधारण सभा आज, फागुन २७ गते, मंगलबार बस्दैछ। सभा बानेश्वर अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान, र नगद प्रवाह सम्बन्धी विषयमा छलफल हुनेछ।
त्यसैगरी, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, फागुन १४ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.