नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमालयन डिष्टिलरी लिमिटेड (HDL) को शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य रु १,१५१ रुपैयाँ ६७ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार कम्पनीको शेयर दोस्रो […]
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमालयन डिष्टिलरी लिमिटेड (HDL) को शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
समायोजनपछि कम्पनीको शेयरमूल्य रु १,१५१ रुपैयाँ ६७ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार कम्पनीको शेयर दोस्रो बजारमा रु १,३८२ मा अन्तिम कारोबार भएको थियो। सोही मूल्यका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमा २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश छन्।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते, आइतबार, आफ्नो २५औं वार्षिक साधारण सभा रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा बिहान १० बजे बोलाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.