हिमालयन डिष्टिलरीले २५% लाभांश घोषणा

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक ३० गते (आइतबार) बिहान १० बजे पर्सा, वीरगञ्जस्थित आफ्नै रजिष्टर्ड कार्यालयमा २५औँ वार्षिक साधारण […]

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक ३० गते (आइतबार) बिहान १० बजे पर्सा, वीरगञ्जस्थित आफ्नै रजिष्टर्ड कार्यालयमा २५औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा लाभांश पारितसँगै अन्य वार्षिक एजेन्डा पनि प्रस्तुत गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले उक्त लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In