हिमालयन बैंकले एफपीओ निष्काशन सुरू गर्‍यो

हिमालयन बैंक लिमिटेड (HBL) ले आज (असार ३२ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सर्वसाधारणका नाममा राख्नुपर्ने प्रावधानअनुसार बैंकले एफपीओ ल्याएको हो। हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँभन्दा बढी रहेको छ। जसमध्ये […]

हिमालयन बैंक लिमिटेड (HBL) ले आज (असार ३२ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सर्वसाधारणका नाममा राख्नुपर्ने प्रावधानअनुसार बैंकले एफपीओ ल्याएको हो।

हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँभन्दा बढी रहेको छ। जसमध्ये ७२.९९ प्रतिशत संस्थापक समूहको र २७.०१ प्रतिशत सर्वसाधारणको स्वामित्वमा छ। सर्वसाधारणको स्वामित्व हिस्सा ३० प्रतिशत पुर्‍याउन बैंकले प्रतिकित्ता १५७ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँ र प्रिमियम ५७ रुपैयाँ) मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य १ अर्ब ४५ करोड २३ लाख रुपैयाँभन्दा बढी हुन्छ।

एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा साउन ४ गते बन्द हुनेछ, तर सो अवधिमा पर्याप्त आवेदन नआएमा साउन १४ गतेसम्म अवधि लम्ब्याइनेछ।

केयर रेटिङ नेपालले हिमालयन बैंकलाई ‘CARE NP BBB (Issuer)’ रेटिङ दिएको छ, जसले मध्यम स्तरको वित्तीय दायित्व बहन क्षमतालाई संकेत गर्दछ। एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू वा मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी बढेर २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँभन्दा बढी पुग्नेछ।

Share Training Near Me

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In