काठमाडौं : हिमालयन रिइन्सुरेन्सको वार्षिक साधारण सभा आज जेठ २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदैछ। सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश सहित कूल ४.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। यसबाहेक, सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान […]
काठमाडौं : हिमालयन रिइन्सुरेन्सको वार्षिक साधारण सभा आज जेठ २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदैछ।
सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश सहित कूल ४.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ।
यसबाहेक, सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह, सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको खर्च र अन्य खर्चहरूको अनुमोदनबारे छलफल हुनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पेश गरिनेछ।
आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी एजेन्डा पनि सभामा समावेश गरिएको छ।
कम्पनीले सभा प्रयोजनार्थ जेठ ११ गते बुक क्लोज गरिसकेको छ, त्यसैले जेठ १० गतेसम्म सेयरधनी सूचीमा नाम भएका लगानीकर्ताहरूले मात्र सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.