हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ रहेको छ। सोही […]
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ रहेको छ। सोही पूँजीको आधारमा कम्पनीले ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.