हिम स्टार उर्जाले जेठ ३० गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ जारी गर्ने

काठमाडौं – हिम स्टार उर्जा कम्पनीले जेठ ३० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर (IPO) बिक्री खुला गर्ने भएको छ। कम्पनीले ३७ करोड ३० लाख रुपैयाँ चुक्तापुँजीको ३० प्रतिशत बराबरको सेयर, अर्थात् ११ करोड १९ लाख रुपैयाँ मूल्य बराबरको IPO निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो। उक्त […]

काठमाडौं – हिम स्टार उर्जा कम्पनीले जेठ ३० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर (IPO) बिक्री खुला गर्ने भएको छ। कम्पनीले ३७ करोड ३० लाख रुपैयाँ चुक्तापुँजीको ३० प्रतिशत बराबरको सेयर, अर्थात् ११ करोड १९ लाख रुपैयाँ मूल्य बराबरको IPO निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

उक्त रकममध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित स्थानीयहरूका लागि छुट्याइएको छ। यसको आधारमा स्थानीय बासिन्दाले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ लाख ८६ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–८, साविकको भुसिङ्गा गाविसका सम्पूर्ण वडाहरू र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका–२, साविक गोली गाविसका वडा नं. १ देखि ५ सम्मका स्थानीयले आवेदन दिन सक्नेछन्।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरमध्ये १० प्रतिशत, अर्थात् ९३ लाख २५ हजार रुपैयाँ बराबरको सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। योअनुसार, उनीहरूका लागि ९३ हजार २५० कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँमा जारी गरिनेछ।

यस IPO मा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदनको अन्तिम म्याद छिटोमा असार १३ गतेसम्म रहेको छ भने यदि सो अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा असार गतेसम्म आवेदन दिन सकिनेछ। तर, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने असार १३ गते नै अन्तिम म्याद हुने कम्पनीले जानकारी दिएको छ।

यस योजनाको क्रेडिट रेटिङ इक्रा नेपालले गरेको छ, जसमा ‘ICRA NP BB–’ इस्यूअर रेटिङ प्रदान गरिएको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In